कोभिडका कारण नेपालमा हालसम्म १९०९ जनाले ज्यान गुमाए, काठमाडौं उपत्यकामा मात्र ७३८ जनाको मृत्यु

अब ५ हजार २१ जना कोरोना भाइरसका सक्रिय संक्रमित उपचारका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    • स्वास्थ्य पेज

  • २४ पुष २०७७, शुक्रबार

तस्विरः फाइल

काठमाडौं २४, पुष ।
नेपालमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म १ हजार ९०९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेहरुको कुल संख्या १९०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्र हालसम्म ७ सय ३८ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ४ सय ७७ जना, ललितपुरमा १ सय ५१ जना र भक्तपुरमा ११० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शुक्रबार दिउसो २ बजेसम्म देशभर १९ लाख ७४ हजार ५६१ जनाको पीसीआर परीक्षण भएको छ ।

हालसम्म २ लाख ६४ हजार १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अब ५ हजार २१ जना कोरोना भाइरसका सक्रिय संक्रमित उपचारका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech