लक्ष्मणपुर स्वास्थ्य केन्द्रले सेवा विस्तार गर्दै

    • जावेद अन्सारी

  • २४ पुष २०७७, शुक्रबार

बाँके पुस २४ गते ।
बाँकेको कर्णाली भनेर चिनिने नरैनापुर गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा क्रमश सुधार हुँदै गएको छ । ६ वटा वडाका बासिन्दालाई लक्षित गरेर लक्ष्मणपुर स्वास्थ्य केन्द्रले अहिले सेवा प्रवाह गर्दै आएको छ । यो केन्द्रले दैनिक ७० देखि ८० जनासम्मलाई सेवा दिने गरेको केन्द्रका मेडिकल अधिकृत सागर पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार, चिसोमा ६० देखि ७० जना विरामी दैनिक आइरहेका छन भने गर्मीमा सय देखि बढी आउने गरेका छन् । यो हिसावले हेर्दा सरदर दैनिक यो केन्द्रले ७० देखि ८० जनालाई सेवा दिइरहेको छ । प्रत्येक स्थानीय तहलाई आधारभूत स्वास्थ अस्पातल बनाउने सरकारको लक्ष्य अनुसार नरैनापुर गाउँपालिकाले यो केन्द्रलाई १५ शैयाको अस्पतालको रुपमा अघि बढाइसकेको छ ।

यहाँ ल्याव सेवालाई विस्तार गर्ने तयारी छ । आकास्मिक सेवा पनि सन्चालनको तयारी छ । १५ शैयाको अस्पताल बने यहाँका नागरिकहरुले ठूलो सेवा पाउने उहाँको भनाइ छ । पन्तका अनुसार, विरामीको फ्लो हेर्दा यहाँ जनशक्ति थप्नु पर्ने आवश्यकता छ । करिव ३० हजार जनसंखयालाई सेवा दिने गरी केन्द्रलाई अस्पतालको रुपमा विकास गर्न लागिएको हो ।

मधेशी र मुस्लिम समुदाय रहेको यो पालिकामा अझैपनि स्वास्थ्य सेवा लिनु पर्छ भन्ने बुझाइ सकारात्मक बन्न सकेको छैन् । मधेशी तथा मुस्लिम समुदायमा परिवार नियोजनका साधानको प्रयोग बढाउन चुनौतिपूर्ण रहेको पन्तले बताउनुभयो ।

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech