मुगु, सल्यान र सोलुखुम्बुमा सक्रिय संक्रमित शुन्य, ५०० बढी काठमाडौंमा मात्र

देशभर १ हजार ५६१ जना कोभिड सक्रमित विरामी होम आइसोलेसनमा छन् । १ सय ८२ जना आईसियुमा स्वास्थ्य लाभ गरिरहेको र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।


    • स्वास्थ्य पेज

  • २४ पुष २०७७, शुक्रबार

काठमाडौं २४, पुष ।

कर्णाली प्रदेशका दुई जिल्ला मुगु र सल्यानमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शुन्य छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब बागमती प्रदेशको काठमाडौंमा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएका ५ सय बढी सक्रिय संक्रमित छन् । प्रदेश १ को सोलुखुम्बुमा समेत सक्रिय सक्रमितको संख्या शुन्य छ ।

देशभर १ हजार ५६१ जना कोभिड सक्रमित विरामी होम आइसोलेसनमा छन् । १ सय ८२ जना आईसियुमा स्वास्थ्य लाभ गरिरहेको र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा बाहेक अन्य प्रदेशमा कोरोना संक्रमितहरु आईसियु र भेन्टिलेटरमा उपचारमा रहेको मन्त्रालयले जारी गरेको कोभिड अपडेट सुचनामा उल्लेख छ ।

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech