५२६९ जनाको पीसीआर परीक्षण गर्दा ५५४ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २४ पुष २०७७, शुक्रबार

काठमाडौं २४, पुष ।
देशभर विभिन्न प्रयोगशालाहरुमा ५ हजार २६९ जनाको पीसीआर परीक्षण गर्दा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर कोभिड संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । शुक्रबार संक्रमण पुष्टि हुनेहरु १८८ जना महिला र ३६६ जना पुरुष छन् ।

गएको २४ घण्टामा ६ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट निको हुने दर नेपालमा ९७.४ प्रतिशत छ ।

अब देशभर ५ हजार २१ जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech