नेपालगञ्जलाई पूर्ण खोपयुक्त नगर घोषणाको तयारी

    • स्वास्थ्य पेज

  • २३ पुष २०७७, बिहीबार

नेपालगन्ज २३, पुष ।
नेपालगञ्जलाई पूर्ण खोपयुक्त नगर घोषणाका लागि तयारी अघि बढाइएको छ । पुर्ण खोप घोषणालाई अन्तिम रुप दिनका लागि खोप तथा सरसफाई प्रवद्र्धन कार्यक्रमको समिक्षा, सुक्ष्म योजना अध्यावधिक र खोप समन्वय अभिमुखिकरण बिहीवार सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्री वास्तवले यहि फागुन भित्र बाँकेलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन लागेको जानकारी दिनुभयो । फागुन १० भित्र वडा, १५ भित्र पालिका र ३० गतेभित्र स्थानीय तहलाई पुर्ण खोप घोषणा गर्ने उहाँको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नगरमा भौतिक विकासँगै सामाजिक विकासलाई एकसाथ लैजानुपर्ने बताउनुभयो । उहाँले कोभिड-१९ को खोप निकट भविष्यमा आउने भएकाले अहिलेदेखि नै मानसिक रुपमा तयारी हुन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह, जनप्रतिनिधी तथा स्वास्थ्यकर्मी सहभागी कार्यक्रममा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले नगरलाई पूर्ण खोप घोषणाका लागि सबै पक्षको साथ र सहयोगको आवश्यकता भएको बताउनुभयो ।

वडा नम्बर १४ का वडाध्यक्ष ओमकारनाथ मिश्राले नगरमा स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यकता अनुसार दरबन्दी हुनुपर्नेमा जोड दिनुभयो ।

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech