सय २१६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २३ पुष २०७७, बिहीबार

तस्बिर:फाइल

काठमाडौं २३, पुष ।
देशभर हाल २ सय १६ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। १ सय ८४ जना आइसियु र ३२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३ आईसीयू छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आईसीयू र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ६८ आईसीयू र १९ भेन्टिलेटरमा, गण्डकीमा ५८ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४० आईसीयू र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ६ आईसीयूमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।

यस्तै, देशभर हाल १ हजार ५ सय ६१ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार ५८ कुल सक्रिय संक्रमितमध्ये १ हजार ५ सय ६१ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ९७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

 

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech