२४ घण्टामा ४१२ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ पुष २०७७, बिहीबार

काठमाडौं २३, पुष ।
पछिल्लो २४ घण्टामा ४१२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ४८३ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ ।

पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९०३ पुगेको छ ।

मन्त्रालयका अनुसार ५ हजार ५८ जना आइसोलेसनमा छन् । ३४२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण गरिएको छ ।

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech