१४ वर्षदेखि कार्यालय नआएकी अनमीलाई १५ दिने स्पष्टिकरण

    • स्वास्थ्य पेज

  • २३ पुष २०७७, बिहीबार

काठमाडौं २३, पुष ।
स्वास्थ्य सेवा विभागले विगत १४ वर्षदेखि बिदा स्विकृत नगराई कार्यालयमा अनुपस्थित अनमी कला सुब्बालाई १५ दिनभित्र अनुपस्थित हुनाको कारण पेश गर्न सूचना जारी गरेको छ ।

विभागले प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी भोजपुरमा कार्यरत पाचौँ तहकी अनमी सुब्बालाई १५ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

सुब्बा २०६३ साल चैत १ गतेदेखि बिदा स्विकृत नगराई कार्यालयमा अनुपस्थित भएको विभागले जनाएको छ ।

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech