देशका सबै कोभिड अस्पताललाई ननकोभिड सेवा पनि सञ्चालन गर्न निर्देशन

    • स्वास्थ्य पेज

  • २२ पुष २०७७, बुधबार

काठमाडौं २२, पुष ।

स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले देशका सबै कोभिड अस्पताललाई ननकोभिड सेवा पनि सञ्चालन गर्न निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै कोभिड र ननकोभिड अस्पतालहरुले प्रदान गरिरहेका ननकोभिड सेवा सदाझैँ नियमित प्रदान गर्ने व्यवस्था गर्न र कोभिडका लागि तोकिएका अस्पतालहरुले कोभिड र ननकोभिड सेवाहरु समेत नियमित रुपमा प्रदान गर्न निर्देशन दिएको बताउनुभयो ।

बुधवार कोभिड-१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको ICS बैठकले यो निर्णय गरेको हो ।

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech