नेपालमा नयाँ रुपको कोरोना भित्रिएको संकेत, नमुना थप परीक्षण गर्न ह‌ङकङमा पठाउने तयारी

    • स्वास्थ्य पेज

  • २२ पुष २०७७, बुधबार

काठमाडौं २२, पुष ।
युकेबाट नेपाल आएका तीन जनामा नयाँ रुपको कोरोना भाइरस संक्रमणको संकेत देखा परेको छ । २७७ जनामध्ये ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। जसमध्ये तीन जनामा नयाँ रुपको संक्रमणको संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

उनीहरु पुस १ गते यता नेपाल आएका थिए । तीनै जनाको नमुना थप परीक्षणका लागि ह‌ङकङमा पठाउने तयारी भएको छ।

पुरानो कोरोना भाइरसको तुलनामा नयाँ स्वरूपको भाइरसको संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्न सक्ने हालसम्मका अध्ययनले देखाएको छ।

नयाँ स्वरुपको भाइरस भएकाले यसको विषयमा अझै अनुसन्धान नै भइरहेको छ। नयाँ स्वरुपको भाइरस संसारभर फैलिएमा अहिले बनिरहेका कोभिड १९ विरुद्धको खोपले नै काम गर्छ वा गर्दैन भन्ने चिन्ता पनि थपिएको छ।

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech