दुई कम्पनीले उत्पादन गरेको औषधि गुणस्तरहीन

    • स्वास्थ्य पेज

  • २२ पुष २०७७, बुधबार

नेपालगन्ज २२, पुष ।

औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स र रिलायन्स फर्मुलेसनले उत्पादन गरेको औषधि गुणस्तरहीन भएको भन्दै औषधि विक्री–वितरणमा रोक लगाएको छ ।

विभागले एक सूचना जारी गर्दै नेपाली कम्पनी क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर टिएमएल १-००९ को मोन्टेलुकास्ट औषधि न्युनगुणस्तरको रहेको भन्दै विक्री वितरणमा रोक लगाएको हो । मोन्टेलुकास्टको प्रयोग श्वासप्रश्वासको कठिनाई हुँदा प्रयोग गरिन्छ।

त्यसैगरी, भारतीय कम्पनी रिलायन्स फर्मुलेसन प्रालिले उत्पादन गरेको ब्याज नम्बर ०७८१ को प्रन्तोप्राजोल सोडियम ट्याब्लेटमा पनि विक्री—वितरणमा रोक लगाइएको छ।

पेटमा ग्यास भरिएको अवस्थामा, लगातार खोकी लागेमा, खानेकुराले शरीरमा गडबढ भएमा प्रन्तोप्राजोल सोडियम ट्याब्लेटको प्रयोग गरिन्छ।

उल्लेखित उत्पादन औषधि ऐन २०३५ को दफा १४ बमोजिम विक्री–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको विभागले जनाएको छ ।

 

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech