एमडी/एमएसको प्रवेश परीक्षा नतिजा सार्वजनिक

    • स्वास्थ्य पेज

  • २२ पुष २०७७, बुधबार

काठमाडौं २२, पुष ।

पिजी एमडी/एमएस तर्फको नतिजा प्रकाशित भएको भएको छ । चिकित्सा शिक्षा आयोगले पुस १८ गते लिएको पिजी एमडी/एमएस तर्फको नतिजा बुधबार दिउँसो प्रकाशित भएको हो । आयोगले पहिलो पटक एकीकृत रुपमा प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

खुल्ला, सरकारी र विदेशी विद्यार्थीको नतिजा प्रकाशित भएको हो ।आयोगले दिएको जानकारी अनुसार अनुसार एमडीएमएस तर्फ परीक्षामा सहभागी ५ हजार ५६८ परीक्षार्थीमध्ये २ हजार ८७५ जना पास भएका छन्।

त्यसमा ४६ जना विदेशी, २०२ जना सरकारी चिकित्सक छन् । त्यसैगरी २, ४७० जना अनुभव चाहिने र १५७ जना अनुभव नचाहिने समूहबाट उत्तीर्ण भएका छन् ।

पीजीको प्रवेश परीक्षामा सामेल हुन जम्मा ७ हजार ६८३ जनाले फारम भरेका थिए ।

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech