कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सन्चाल हुने

    • स्वास्थ्य पेज

  • २२ पुष २०७७, बुधबार

काठमाडौं २२, पुष ।

काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालले अब बालबालिका तथा किशोरकिशोरीका लागि मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नयाँ भवन अस्पताल परिसरमै निर्माण भएको छ ।

कान्तिले नेपालमै पहिलो पटक बालबालिका तथा किशोरकिशोरीका लागि मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन लागेको अस्पतालका निर्देशक डा कृष्ण प्रसाद पौडेले बताउनु भयो ।

यसअघि बालबालिका र किशोर किशोरीको मानसिक उपचारका लागि समस्या हुने गरेकोमा यस केन्द्र सञ्चालनमा आएपछि त्यो समस्या नहुने अस्पतालका निर्देशक डा पौडेले बताउनु भयो ।

कान्ति बाल अस्पतालको ५९ औँ वार्षिक उत्सवका अवसरमा मानसिक स्वास्थ्य केन्द्र नवनिर्मित भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले उ्घाटन गर्नुभएको छ ।

 

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech