डब्लुएचओको टोलीलाई चीन प्रवेशमा रोक

    • स्वास्थ्य पेज

  • २२ पुष २०७७, बुधबार

 

काठमाडौं २२, पुष ।

कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको छ ।

डब्लुएचओको टिममा रहेका दुई सदस्य चीनका लागि प्रस्थान गरेका थिए । एकजना प्रवेश नपाएपछि फर्किएका छन् भने अर्का एकजना तेस्रो मुलुकमा ‘ट्रान्जिट’ मा छन् ।

कोरोना भाइरसको उद्गमस्थल वुहानको मासु बजारबाट कोरोना भाइरसले जनावरबाट मानिसमा संक्रमणको क्रम थालेको विश्वास गरिन्छ । तर त्यसबारे स्पष्ट हुन डब्लुएचओले विज्ञसहितको अनुसन्धान टोली बनाएको छ ।

सन् २०१९ को अन्त्यमा वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

 

 

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech