एकैपटक सय नर्सको बढुवा

    • स्वास्थ्य पेज

  • २१ पुष २०७७, मंगलवार

काठमाडौं २१, पुष ।

स्वास्थ्य सेवा विभागले एक वर्षअघि स्तरवृद्धिका लागि आवेदन दिएका १ सय नर्सिङ स्टाफको स्तरवृद्धि गरेको छ ।

चौथो तहका ७३ जना अनमी तथा स्टाफ नर्सको पाँचौ सहायकमा स्तरवृद्धि भएको विभागका शाखा अधिकृत एकनाथ नेपालले जानकारी दिनुभयो । त्यसैगरी पाँचौ सहायकबाट छैटौं अधिकृतमा २७ जनाको स्तरवृद्धि भएको छ ।

उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । नर्सहरुको स्वास्थ्य सेवा ऐन-२०५३ संसोधन २०७० को दफा ९ को उपदफा १ अनुसार स्तरवृद्धि गरिएको हो ।

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech