भेरी अस्पतालमा बाँके बैजनाथका संक्रमित पुरुषको मृत्यु

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।


    • स्वास्थ्य पेज

  • २० पुष २०७७, सोमबार

तस्विरः फाइल

नेपालगन्ज २०, पुष ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा सोमवार थप एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

कोरोना भाइरस संक्रमण भए नभएको पुष्टि गर्न उनको पुष १५ गते पीसीआर परीक्षण गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो । उनी १८ गतेमात्रै अस्पतालमा भर्ना भएका थिए । भोजन नलीमा क्यान्सर र पिसाव सम्बन्धि समस्याका कारण उनी लामो समयदेखि पीडित थिए ।

त्यसैको उपचारका लागि उनी अस्पताल आएका थिए । तर चिकित्सकहरुले कोरोनाको समेत परीक्षण गरेका थिए । त्यहीक्रममा उनलाई भाइरस संक्रमण पुष्टि भएको थियो ।

दुई दिन होमआइसोलेसन बसेका उनलाई स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज बेलुका ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech