स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने रकम पुगेन्

    • स्वास्थ्य पेज

  • २० पुष २०७७, सोमबार

काठमाडौं २०, पुष ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन किस्ता गरेर कोभिड—१९ संक्रमितको उपचार गर्ने अस्पतालहरुलाई ५९ करोड ३७ लाख ४१ हजार रुपैयाँ निकासा गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोजसम्मको सबै रकम निकासा भइसकेको छ । कात्तिक र मंसिरको रकम वितरण गरिएको छैन । त्यसका लागि अर्थमन्त्रालय समक्ष माग गरिएको मन्त्रालयका सहायक प्रवक्ता डा समिर अधिकारीले बताउनुभयो । कोभिड अस्पतालले बिरामी भर्ना गरेको सूचीका आधारमा रकम पाउँछन् ।

सोही रकमबाट अस्पतालले पीपीई, किट खरिद गर्ने मात्र होइन्, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता पनि दिनु पर्छ । मन्त्रालयले केसअनुसारको रकम दिने भएकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने रकम नपुगेको अस्पतालहरुले बताएका छन् । सरकारले सामान्य संक्रमितलाई ३५ सय, लक्षणसहितका बिरामीलाई ७ हजार र आईसीयु तथा भेन्टिलेटरमा बसेका बिरामीलाई १५ हजारका दरले रकम पठाउने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा अधिकारीका अनुसार देशभर हालसम्म ७ हजार ६ सय ३३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । उनीहरुमध्ये ७ हजार ५ सय १५ डिस्चार्ज भएका छन् । अझै ११० जना उपचाररत छन् भने ८ जनाको मृत्यु भएको छ ।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech