अल्का अस्पतालले दियो धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख

    • स्वास्थ्य पेज

  • १९ पुष २०७७, आईतवार

काठमाडौं १९, पुष ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणका लागि ललितपुरस्थित अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ।

रंगशाला निमार्णाधिन स्थल भरतपुरमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गर्नुभएको हो ।

रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताउनुभयो।

रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ।

मुख्य गेटको डिजाइन स्तुप रहनेछ। रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत बताइएको छ।

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech