आन्दोलनरत स्वास्थ्यकर्मीको १८ बुँदे माग माथिको छलफल सकियो, सहमति कहिले होला ?

    • स्वास्थ्य पेज

  • १९ पुष २०७७, आईतवार

काठमाडौं १९, पुष ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र आन्दोलनरत स्वास्थ्य संयुक्त संघर्ष समितिका प्रतिनिधिबीच उनीहरुले अघि सारेका १८ बुँदे मागका विषयमा बुँदागत छलफल सकिएको छ।

आइतबार छलफल सकिएपनि सहमति भने हुन बाँकी छ।मन्त्रालय र समिति बीचको अर्को वार्ता मंगलबार हुनेछ।

माग पुरा नभएपछि आन्दोलनमा उत्रिएका समितिका तर्फबाट बनाइएको वार्ता समिति र स्वास्थ्य मन्त्रालयले बनाएको समितिबीच बुधबारदेखि वार्ता सुरु भएको थियो।

१८ बुँदे माग माथिको छलफल सकिएपनि सहमति भने हुन बाँकी रहेको आन्दोलनरत समितिका संयोजक डा लोचन कार्कीले बताउनुभयो। उहाँका अनुसार मन्त्रालयसँगको तीन दिनको वार्ता सकारात्मक रुपले अघि बढेको छ।

मंगलबार हुने वार्तामा दुवै पक्षबाट कुरा राख्ने र माग माथि अन्तिम निर्णय हुन सक्ने डा कार्कीले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि संयुक्त संघष समितिले पनि सोमबार वार्ता टोली गठन गरेको थियो।

कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन्।

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech