पछिल्लो २४ घण्टामा ४२१ जनामा कोभिड संक्रमण पुष्टि, ६३७ जना संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • १९ पुष २०७७, आईतवार

 

काठमाडौं १९, पुष ।
आइतबार नेपालमा ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ६ सय ३७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै अब देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ। देशभर ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा थप ८ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ८ सय ७८ पुगेको छ।

 

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech