भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १९ पुष २०७७, आईतवार

तस्विर : फाइल

नेपालगन्ज १९, पुष ।
नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । दाङ लमही नगरपालिका-८ का ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका सूचना अधिकारी तेज वलीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि ती महिला गएको १३ गते अस्पतालमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि १४ गते पीसीआर परीक्षण गर्दा १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

रोगको प्रकृति अनुसार उपचार गर्दा गर्दै उनको गएराती १ः ३८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ७८ जनाको मृत्यु भएको छ ।

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech