विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या ८ करोड २५ लाख बढी

अमेरीका, भारत,ब्राजिल, बेलायत लगायतका देश कोरोना भाइरस संक्रमणबाट बढी प्रभावित छन् । अमेरीकामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या १ करोड ९५ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाख ३९ हजार बढीले कोभिडका कारण ज्यान गुमाएका छन् ।


    • स्वास्थ्य पेज

  • १९ पुष २०७७, आईतवार

काठमाडौं १९, पुष ।

विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या ८ करोड २५ लाख ७९ हजार ७६८ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा मात्र ६ लाख ४० हजार ५०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको संगठनको तथ्याकंमा उल्लेख छ । हालसम्म विश्वभर कोरोना भाइरस संक्रमित १८ लाख १८ हजार ८४९ जनाले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा मात्र ११ हजार २३७ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अमेरीका, भारत,ब्राजिल, बेलायत लगायतका देश कोरोना भाइरस संक्रमणबाट बढी प्रभावित छन् ।

अमेरीकामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या १ करोड ९५ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाख ३९ हजार बढीले कोभिडका कारण ज्यान गुमाएका छन् ।

भारतमा कोरोना भाइरस संक्रमणकै कारण १ लाख ४९ हजार बढीले ज्यान गुमाएका छन् । हालसम्म त्यहाँ संक्रमण पुष्टि हुनेहरुको कुल संख्या १ करोड ३ लाख ५ हजार ७८८ पुगेको छ ।

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech