कर्णालीमा कोरोना अपडेटः कालीकोट, रुकुमपश्चिम र मुगुमा कोरोना संक्रमितको संख्या शून्य

    • स्वास्थ्य पेज

  • १९ पुष २०७७, आईतवार

सुर्खेत १९, पुष ।

कर्णालीका कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । सबै संक्रमित निको भई डिस्चार्ज भएसँगै यी जिल्ला कोरोनामुक्त भएका हुन्।

यसअघि रुकुमपश्चिममा २५५, कालीकोटमा ३२८ र मुगुमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो। विभिन्न आइसोलेसनमा उपचाररत संक्रमित हाल निको भई घर फर्किसकेका छन्।

सामाजिक विकास मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार सुर्खेतमा ९७, दैलेखमा दुई, जाजरकोटमा १४, सल्यानमा ३१, जुम्लामा छ, हुम्लामा ११ र डोल्पामा नौ जना गरी १७० कोरोना संक्रमणका सक्रिय बिरामी छन्।

मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात हजार ३५७ पुगेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना छन्। त्यस्तै दैलेखका छ, डोल्पा, कालीकोट, रुकुमपश्चिमका एक-एक तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech