पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख तथा अनुहारको शल्यक्रिया पुनः सुचारु

    • स्वास्थ्य पेज

  • १८ पुष २०७७, शनिबार

पोखरा १८, पुष ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख तथा अनुहारको शल्यक्रिया पुनः सुचारु भएको छ । लामो समयदेखि बन्द रहेको मुख तथा अनुहारको शल्यक्रिया प्रतिष्ठानमा पुनः सुचारु भएको हो । प्रतिष्ठानमा उक्त शल्यक्रिया सेवा मुख तथा अनुहार शल्यचिकित्सक डा गणेश चौधरीको टिमले सुरु गरेको हो ।

उक्त सेवा अन्तर्गत दुर्घटना वा कुनै कारणले अनुहारको हड्डी भाँचिएको वा चोटपटक लागेको, मुख तथा अनुहारको सिस्ट वा ट्युमर पलाएको, अनुहारको जोर्नी दुख्ने, मुख खोल्न अप्ठेरो हुने, जोनीबाट कट–कट आवाज आउने, तालु तथा ओठ फाटेको वा चिरेको, अनुहारको हड्डी नमिलेको, घुर्ने बिरामी, बुद्धि बंगालाको शल्यक्रिया, अनुहार सुन्निएको वा संक्रमण भएको, मुख तथा अनुहारको घाउ खटिरा लगायतका समस्याको उपचार हुने अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यो सेवा सुरु भएसँगै गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बिरामीले सुलभ र स्तरीय सेवा पाउने छन् । मुख तथा अनुहारको शल्यक्रिया जटिल र यसको उपचार खर्चिलो हुन्छ । हाल नेपालका कमै मात्र सरकारी अस्पतालमा यो सुविधा छ । त्यसैले प्रतिष्ठानले यो सेवालाई पुनः सूचारु गरेको हो ।

  • १८ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech