२५४ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • १८ पुष २०७७, शनिबार

काठमाडौं १८, पुष ।

देशभर हाल २ सय ५४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय १८ जना आइसियु र ३६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ८ आइसियु र ३ भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियुमा छैनन्। १ जना संक्रमित भने भेन्टिलेटरमा छ।

बागमती प्रदेशमा ८४ आइसियु र १८ भेन्टिलेटरमा, गण्डकीमा ५६ आइसियु र ४ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५४ आइसियु र ८ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै, देशभर हाल २ हजार २ सय ३४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

  • १८ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech