कीर्तिपुर अस्पतालमा तोडोफोड, १७ जना पक्राउ

    • स्वास्थ्य पेज

  • १८ पुष २०७७, शनिबार

काठमाडौं १८, पुष ।
कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा तोडोफोड भएको छ। नवजात शिशुको मृत्यु भएपछि आफन्तले तोडफोड गरेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टका अनुसार अस्पताल तोडफोडको आरोपमा १७ जनालाई पक्राउ गरिएको छ। उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

चन्द्रागिरी घर भएकी गर्भवतीले शिशुलाई जन्म दिएकी थिइन्। तर नवजात शिशु जन्मने बेलामा नै मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार बच्चा जन्मिने बेलामा नै एक्कासी धड्कन रोकिएको थियो। अस्पतालले भिडयो एक्सरे गरेर हेर्दा पनि धड्कन चलेको नपाएपछि आफन्तलाई जानकारी गराएको थियो।

तर आफन्तले उपचारका सुत्केरीका क्रममा त्रुटि भएको हुनसक्ने भन्दै अस्पतालमा तोडफोड गरेका छन्। अस्पताल प्रशासनले उपचारका क्रममा कुनै त्रुटि नभएको बताएको छ।

 

  • १८ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech