कोरोना संक्रमित बाँके खजुराका ८८ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।


    • स्वास्थ्य पेज

  • १८ पुष २०७७, शनिबार

तस्विर : फाइल

नेपालगन्ज १८, पुष ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा शनिवार थप एकजनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका-७ का ८८ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका सूचना अधिकारी तेज वलीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि मंसिर ३० गते भेरीमा स्वाव संकलन गरिएको थियो ।त्यसैदिन उनलाई भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो ।

रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार गर्दा गर्दै विरामीको विहान ३ः २० बजे मृत्यु भएको सूचना अधिकारी वलीले बताउनुभयो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

  • १८ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech