२६९ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • १७ पुष २०७७, शुक्रबार

तस्बिर:फाइल

काठमाडौं १७, पुष ।

देशभर हाल २ सय ६९ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। २ सय ३४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १३ आईसीयू र ३ भेन्टिलेटरमा, प्रदेश २ मा कुनै पनि संक्रमित आईसीयूमा छैनन्। १ जना संक्रमित भने भेन्टिलेटरमा रहेको छ।

बागमती प्रदेशमा ९० आईसीयू र १८ भेन्टिलेटरमा, गण्डकीमा ६० आईसीयू र ५ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५५ आईसीयू र ६ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १३ जना आईसीयू र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल २ हजार ८ सय ९० कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ४८ कुल सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ९० जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार १ सय ५८ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech