राष्ट्रिय सभाका १ सांसद र ५ कर्मचारीमा कोरोना भाइरस संक्रमण

    • स्वास्थ्य पेज

  • १७ पुष २०७७, शुक्रबार

काठमाडौं १७, पुष ।
राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रिय सभाको अधिवेशनको अघिल्लो दिन बिहीबार ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन लागेको छ । अधिवेशनमा स्वास्थ्य सतर्कता अपनाउनका लागि कोरोना परीक्षण गरिएको थियो । सांसद र कर्मचारीलाई कोरोना संक्रमण देखिए पनि अधिवेशनमा प्रभाव नपर्ने धमलाले बताउनुभयो ।

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech