थप ३१ स्थानमा न्यु भेरियन्ट फैलिएको डब्लूएचओद्धारा पुष्टि

    • स्वास्थ्य पेज

  • १७ पुष २०७७, शुक्रबार

एजेन्सी-

कोभिड–१९ को नयाँ भाइरस न्यु भेरियन्ट थप १३ स्थानमा फैलिएको पुष्टि भएको छ । विश्व स्वस्थ्य संगठन (डब्लूएचओ)ले डिसेम्बर ३० सम्म संगठनले निगरानी गरिरहेका थप ३१ स्थानमा सार्स कोभ २ को न्यु भेरियन्ट देखा परेको जनाएको हो । जसमध्ये सबैभन्दा धेरै दक्षिण अफ्रिकाली सहरहरु रहेको डब्लूएचओले पुष्टि गरेको छ ।

हालसम्म संक्रमण देखिएका मुलुकहरुले आ–आफ्नै नाम दिएर भाइरसबारे अध्ययन गरिरहेका छन् । दक्षिण अफ्रिकाले यो भाइरसलाई एन फाइभ जिरो वान वाइबाट म्युटेसन भई बनेको एन फाइभ जिरो वान भी टु नाम दिएको छ । दक्षिण अफ्रिकाले यसलाई बेलायतमा देखिएको एन फाइभ जिरो वान वाइभन्दा फरक भाइरसको रुपमा अध्ययन गरिरहेको डब्लूएचओले जनाएको छ ।

न्यु भेरियन्ट कोभिड–१९ भन्दा छिटो फैलने हुँदा संक्रमित देशहरुलाई जिन सिक्वेन्सिङ परीक्षणमा जोड दिन डब्लूएचओले सुझाव दिएको छ । डब्लूएचओको १६ डिसेम्बरमा प्रकाशित अन्तर्राष्ट्रिय यात्रासम्बन्धी अन्तरिम गाइडलाइनमा अनावश्यक आवतजावतमा कडाइ गर्नसमेत कोभिड संक्रमित सबै मुलुकहरुलाई सुझाइएको छ ।

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech