सन् २०२०: कोरोना महामारीले रन्थलाएको बर्ष

सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना महामारीले नेपालसहित विश्वभरको जनजीवन अस्तव्यस्त बनायो ।


    • स्वास्थ्य पेज

  • १७ पुष २०७७, शुक्रबार

नेपालगन्ज १७, पुष ।
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ लागेको छ । सन् २०२० विश्वभरका लागि कष्टकर र पीडादायी भएर बित्यो । सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना महामारीले नेपालसहित विश्वभरको जनजीवन अस्तव्यस्त बनायो ।

कोरोना महामारीले लाखौंको ज्यान लियो । नेपालमा मात्रै भाइरस संक्रमणबाट करिव १ हजार ९ सय मानिसहरुले ज्यान गुमाइसकेका छन् । विश्वमा अहिलेसम्म कोरोनाका कारण १८ लाख १३ हजार भन्दा बढीको ज्यान गएको छ भने ८३ करोडभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

कोरोनाका कारण धेरैले रोजगारी गुमाए । ६ महिनाभन्दा बढी समय घरभित्रै थुनिनुपर्यो । समग्रमा सन् २०२० कोरोना कहरले बित्यो । कोरोना प्रकोपका कारण विश्वभर नै ठूलो आर्थिक मन्दी भयो । वर्षभरि कोरोना सङ्क्रमण, यसको रोकथाम, नियन्त्रण र खोप विकासमात्रै चर्चामा रह्यो र वर्षको अन्तिमतिर खोप निर्माणमा पनि सफलता मिलेको छ ।

अमेरिका, बेलायत, युरोपेली संघ, रुसलगायतका देशमा खोप लगाउने काम सुरु भैसकेको छ । अरु देशले पनि प्रक्रिया सुरु गरिसकेका छन् । नेपाललगायतका विकासोन्मुख देशमा पनि सहुलियत दरमा खोप पठाउने तयारी भैरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

तर बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएर विश्वका अरु देशमा पनि पुगेपछि फेरि चिन्ता बढाएको छ । खोपको आशासँगै नयाँ प्रजातिको कोरोना त्रासकाबीच सन् २०२१ सुरु भएको छ ।

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech