बेलायतमा कोरोना भाइरसको तेस्रो प्रजाति पनि भेटियो

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि विश्वभर महामारीको चिन्ता बढेको छ।


    • स्वास्थ्य पेज

  • १७ पुष २०७७, शुक्रबार

काठमाडौं १७, पुष ।

बेलायतमा कोरोना भाइरसको तेस्रो प्रजाति पनि भेटिएको छ। महामारी फैलिएको एक वर्षपछि दोस्रो रुपको भाइरस देखिएको बेलायतमा तेस्रो प्रजातिको भाइरस भेटिएपछि चिन्ता थपिएको छ।

कोरोना भाइरसको दोस्रो प्रजाति भारत, पाकिस्तान र अमेरिकामा पनि देखा परिसकेको छ।

पहिलो भाइरसको जोखिमबाट उम्कन नपाउँदै भाइरसका अन्य रुप पनि देखा पर्न थालेसँगै चिन्ता थपिएको हो। बेलायतको जस्तै भाइरस देखिने हो कि भन्ने चिन्ता नेपालमा पनि बढेको छ।

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि विश्वभर महामारीको चिन्ता बढेको छ।


Nabintech