कोभिड-१९ को खोपलाई अनुमति दिने भारतको तयारी, आज बैठक बस्दै

    • स्वास्थ्य पेज

  • १७ पुष २०७७, शुक्रबार

काठमाडौं १७, पुष ।
भारतले कोभिड १९ को खोपलाई छिट्टै अनुमित दिने भएको छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाका भिजी सोमानीले वेबिनारमा अनुमति दिने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । ‘निश्चय नै नयाँ वर्ष २०२० हाम्रो खुसिको कुरा हुनेछ किनभने हामीले केही प्राप्त गर्ने छौ,’उहाँले भन्नुभएको छ ।

आज शुक्रबार यस सम्बन्धी महत्वपूर्ण बैठकको आयोजना गरिएको छ । आजको बैठकमा सेरम इस्टिच्युट अफ इन्डिया र भारत बायटेकले आपत्कालीन प्रयोगका लागि अनुमति लागि यस अगाडि नै दुई पटक निवेदन दिइसकेको छ ।

दुई कम्पनीले सुरक्षा र प्रभावकारी सम्बन्धी पर्याप्त प्रमाणहरु पेस नगरेका कारण अनुमतिमा केही ढिलाइ भएको हो । सेरमले आष्ट्राजेनिकासँग अक्सफोर्डको भ्याक्सिन ल्याउनको लागि साझेदारी गरेको छ । वेलायतमा सो भ्याक्सिनले प्रयोगका लागि अनुमति पाइसकेको छ ।

 

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech