विदेशमा चिकित्सा शिक्षामा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न दिने सरकारको निर्णय

    • स्वास्थ्य पेज

  • १६ पुष २०७८, शुक्रबार

नेपालगन्जः चिकित्सा शिक्षामा स्नातक अध्ययनलाई विदेश गएका विद्यार्थीलाई अब स्वदेशमै अध्ययन गर्न पाउने भएका छन् । सरकारले अप्ठ्यारो परेका त्यस्ता विद्यार्थीलाई नेपालमै अध्ययन गर्न पाउने सैद्धान्तिक सहमति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न सैद्धान्तिक स्वीकृती दिएको हो।

चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारको निर्णयसँगै कोभिड–१९ को महामारीले विदेशमा भर्ना भएका तर जान नसकेका विद्यार्थीले नेपालमै बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप नेपालमै गर्ने बाटो खुल्ला भएको छ ।

सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीको हकमा अन्तर्राष्ट्रिय मान्यतामा असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो।

  • १६ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech