भारतको बिहारसहित २२ राज्यमा फैलियो ओमिक्रोन भेरियन्ट

कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट भारतको २२ राज्यमा फैलिएको छ । शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएसँगै यो भेरियन्ट २२ राज्यमा फैलिएको हो । शुक्रबार भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।


    • स्वास्थ्य पेज

  • १६ पुष २०७८, शुक्रबार

नेपालगन्जः कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट भारतको २२ राज्यमा फैलिएको छ । शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएसँगै यो भेरियन्ट २२ राज्यमा फैलिएको हो ।

शुक्रबार भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८० जनामा ओमिक्रोन संक्रमित पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । योसँगै ओमिक्रोनका संक्रमितको संख्या १ हजार २७० पुगेको छ ।

ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै दिल्लीमा छन् । त्यहाँ हालसम्म २६३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । दोस्रो स्थानमा रहेको महाराष्ट्रमा ओमिक्रोनका संक्रमितको संख्या २५२ जना पुगेको छ ।

ओमिक्रोनका संक्रमित फेला पर्ने पछिल्लो राज्य बिहार बनेको छ । त्यहाँ हालै दिल्लीबाट आएका एक पुरुषमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।

यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा तेस्रो लहर सुरु भएको बताउनुभएको छ । ‘बिहारमा तेस्रो लहर आइपुगेको छ र डाक्टरहरू यसका लागि तयारी अवस्थामा छन्’, उहाँले भन्नुभएको छ ।

  • १६ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech