बाँकेमा कोरोना संक्रमण पुष्टि भएका सबै ७० वर्ष माथिका

    • स्वास्थ्य पेज

  • १६ पुष २०७८, शुक्रबार

oppo_0

नेपालगन्जः बाँकेमा आज थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १०२ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ३१ नमुना जाँच्दा ३ र मेडिकल कलेज कोहलपुरमा ४५ नमुना परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्याबमा २६ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् भने १ जना दैलेखका हुन् । कोहलपुरका दुई जना र एक जना खजुराका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै ७० वर्ष माथिका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय २ पुगेको छ ।

  • १६ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech