आरसिटी गरिसकेपछि दाँतको स्याहार कसरी गर्ने ?

    • स्वास्थ्य पेज

  • १६ पुष २०७८, शुक्रबार

प्राकृतिक दाँतभित्र रहेको नलीलाई किटाणु शोषण गरेर भर्ने र भविष्यमा फेरि संक्रमण हुन नदिन सिल गरेर प्राकृतिक दाँतलाई नै मुखभित्र जोगाएर राख्ने प्रक्रिया आरसिटी हो ।

आरसिटी किन गर्नुपर्छ । हाम्रो मुखमित्र रहेका सुक्ष्म जीवाणुहरुले दाँतको भित्री पत्र अर्थात् पल्पसम्म पुग्ने बाटो पाए भने दाँतको नशा संक्रमित हुन जान्छ । जसका कारण हाम्रो दाँत दुख्न सक्छ । अथवा गिजामा पिप जम्न सक्छ । यस्तो अवस्थामा हामीले आफ्नो प्राकृतिक दाँतलाई नझिकिकन दुखाइ कम गर्न आरसिटी गर्नुपर्ने हुन्छ।

आरसिटी कुन-कुन अवस्थामा गर्न सकिन्छ ?

-दाँत सड्नुका कारण दाँतको नशा संक्रमित भई दाँत दुखेको अवस्थामा ।

-समयमा उपचार नगराउँदा संक्रमण दाँतको नलीबाट निस्किएर हड्डीसम्म पुगेर गिँजा पाकेको अवस्थामा अथवा कहिलेकाही अनुहार,गाला,घाँटी दुखेको अवस्थामा।

-चोटपटक लागेर दाँतको नशा मरिसकेको अवस्थामा।

-चोटपटक लागेर दाँत भाँचिएको अवस्थामा।

आरसिटी गर्दाे र गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु

-उपचाररत्त अवस्थामा नरम खालका खानेकुरा मात्रै खाने –

– मुख स्वास्थ्यको उचित हेरविचार गर्ने जस्तै उचित तरिकाले दाँत माझ्ने

-चिकित्सकको सल्लाहअनुसार दाँतमा खोल राख्ने ।

-कडा खानेकुरा नटोक्ने । -चिकित्सकको सल्लाह अनुसार फलो अपमा जाने ।

-उपचार सकिए पश्चात् पनि ६ महिनामा चिकित्सककोमा जाने ।

आइसिटीका फाइदाहरु

-प्राकृतिक दाँतलाई नझिकिकन नै दुखाई कम गर्नुका साथ साथै त्यसलाई मुखभित्र नै जोगाएर राख्न सकिन्छ ।

-प्राकृतिक मुस्कान तथा दाँतको कार्यक्षमतालाई कायम राख्न सकिन्छ ।

-प्राकृतिक दाँतहरु झिकी नक्कली दाँत लगाउने विकल्पहरुको खर्च र दीर्घकालीन असरबाट बच्न सकिन्छ ।

आइसिटीका चरणहरु

दाँतको नलीलाई सफा गर्ने

-यस चरणमा किटाणुनाशक औषधि विशेष यन्त्रहरुको सहायताले संक्रमित नशालाई हटाइन्छ र दाँतको नलीलाई सफा गरिन्छ ।

-दाँतको जरा भर्ने

-किटाणु शोषण गरिसकेपछि दाँतको नलीलाई एक विशेष प्रकारको पदार्थले भरिन्छ ।

-दाँतमा खोल लगाउने ।

-आरसिटी गरिसकेपछि दाँत पहिलेको भन्दा केही कमजोर हुने भएकोले यसलाई भाँचिनबाट जोगाउन दन्त चिकित्सकको सल्लाह बमोजिम खोल लगाउनुपर्ने हुन्छ ।

-आरसिटी गरिसकेको दाँतमा पुन संक्रमण हुने सम्भावना हुन्छ या हुँदैन ।

-आरसिटी गरिसकेको अवस्थामा पनि दाँतमा पुन संक्रमण हुन सक्छ । तर दाँत आफ्नो अधिकांश भाग गुमाएको छैन भने पुन आरसिटी गरेर दाँतलाई जोगाउन सकिन्छ ।

  • १६ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech