भारतमा ओमिक्रोन संक्रमितको संख्या १२ सय नाघ्यो

    • स्वास्थ्य पेज

  • १६ पुष २०७८, शुक्रबार

नेपालगन्जः पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२ सय ७० पुगेको छ। सबैभन्दा बढी महाराष्ट्रमा ४५० जनामा सो भेरियन्ट देखिएको हो।

त्यसपछि भारतको राजधानी नयाँ दिल्लीमा ३२० जनामा ओमिक्रोन पुष्टि भएको छ। हालसम्म २३ राष्ट्रमा ओमिक्रोन फैलिइसकेको छ।

बिहारमा पनि ओमिक्रोनको संक्रमण देखिएको छ। पटनाबाट आएका एक २६ वर्षीय युवकमा ओमिक्रोन भेरियन्ट देखिएको हो। ती युवक हाल दिल्‍लीबाट आएका हुन्। संक्रमित युवक पटनाको किदवइपुरीमा बस्छन्।

प्राप्त जानकारी अनुसार ती युवा दिल्लीमा आफन्त भेट्न गएका थिए। दिल्लीबाट फर्केपछि उनको कोरोना जाँच गराएको थियो। रिपोर्ट पोजेटिभ आएपछि ओमिक्रोन जचाउँदा उनमा संक्रमण पुष्टि भएको हो।

भारतमा पहिलोपटक डिसेम्बर २ मा ओमिक्रोन संक्रमण देखिएको थियो। पछिल्लो समय भारतमा कोरोना र ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएपछि विभिन्न सहरमा रात्रिकालीन कर्फ्यू लगाएको छ।

  • १६ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech