एमआर रोशन चलाउनेको क्यान्सरबाट निधन

    • स्वास्थ्य पेज

  • १५ पुष २०७८, बिहीबार

नेपालगन्ज: हिमालयन ड्रग हाउसका बजार प्रतिनिधि (एमआर) रोशन चलाउनेको निधन भएको छ ।

केहि महिनादेखि क्यान्सर रोगसँग लडिरहेका चलाउनेको आज बिहान ५ बजे मृत्यु भएको नेपाल औषधी तथा विक्रि प्रतिनिधि संघ नेपालगन्ज इकाईका अध्यक्ष डि.आर पाण्डेले जानकारी दिनुभयो ।

बर्दिया राजापुर घर भएका चलाउने विगत ४ वर्षदेखि औषधी कम्पनीमा बजार प्रतिनिधिको रुपमा काम गर्दै आउनु भएको थियो।

चलाउनेको दुखद निधनमा नेपाल औषधी तथा विक्रि प्रतिनिधि संघ नेपालगन्ज इकाईले शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेको छ ।

उहाँको आजै हिन्दु परम्मरा अनुसार अन्त्यष्टि गरिएको छ ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech