अपडेटः निसास्सिएर बेहोस भएका तीन जना होसमा आए

    • स्वास्थ्य पेज

  • १५ पुष २०७८, बिहीबार

नेपालगन्जः नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखाको क्वार्टरमा निसास्सिएर बेहोस भएका तीन जना होसमा आएका छन् । तीन वर्षीय दिवश भट्टराई, २४ वर्षीया सुशीला भट्टराई र १८ वर्षीय नरेन्द्र भट्टराई होसमा आउनुभएको हो ।

भेरी अस्पतालमा उपचाररत उनीहरू होसमा आएको उपचारमा संलग्न डा सुवास जिसीले जानकारी दिनुभयो ।

सानो बच्चा र आमा होसमा हुनुहुन्छ उहाँले भन्नुभयो–‘बच्चालाई झोल खुवाउने भनिएको छ । भाइलाई भने भेन्टिलेटरमै राखिएको छ ।’ होसमा आए पनि शरीरमा कार्बनमोनोअक्साइड रहेकाले भेन्टिलेटरमा राखेर वास गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

राति कोइला बालेर सुतेपछि निसास्सिएर मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी कालिकोटको खाँडाचक्र नगरपालिका–६ का २३ वर्षीयका धनप्रसाद भट्टराई, उहाँका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र दिदी ४० वर्षीया नन्दकली भट्टराईको बिहीबार बिहान मृत्यु भएको थियो ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech