दाङमा ओमिक्रोन संक्रमणको पूर्व तयारी

    • स्वास्थ्य पेज

  • १४ पुष २०७८, बुधबार

घोराहीः कोरोना भाइरको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न दाङमा पूर्व तयारी थालिएको छ । रुपैडिया, कृष्णनगर तथा कोइलाबास नाका हुँदै दाङ आउनेहरुको संख्या बढी हुने गरेकाले पनि दाङमा संक्रमणको जोखिम रहेको छ ।

हाल जिल्लामा विभिन्न नाकाबाट नेपाल आउनेको विवरण राखेर एन्टिजेन परीक्षण गर्न गरिएको छ । नाकामा निरीक्षण गर्ने स्वास्थ्य र सुरक्षाको टोलीहरूलाई सर्तक रहन निर्देशन दिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभएको छ ।

त्यस्तै जिल्लामा स्थल मार्ग भन्दा पनि तेस्रो मुलुकबाट आउने व्यक्तिलाई पनि निगरानीमा राखेको उहाँले जानकारी दिनुभएको छ । यता, जिल्लामा ६२ प्रतिशत भन्दा बढी नागरिकलाई पहिलो डोज खोप लगाइ सकिएको र ४० प्रतिशतलाई दोस्रो डोज खोप लगाएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ ।

हाल जिल्लामा बालबालिकालाई पनि खोप लगाउने काम भइरहेको छ । जिल्लामा हालसम्म ९ हजार ३३१ जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये २ सय १८ जनाले ज्यान गुमाएका छन् । पहिलो चरणको कोरोना महामारी भन्दा दोस्रो चरणमा जिल्लामा धेरैले ज्यान गुमाएका छन् ।

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech