भारतमा कोरोनाविरुद्धका दुई नयाँ खोप कोभोभ्याक्स र कोर्बेभ्याक्सलाई अनुमति

    • स्वास्थ्य पेज

  • १४ पुष २०७८, बुधबार

तस्बिर:फाइल

नेपालगन्जः भारतले कोरोनाविरुद्धका नयाँ दुई वटा खोपलाई अनुमति दिएको छ । सीरम इन्स्टिच्युट अफ इण्डियाले निर्माण गरेको कोभोभ्याक्स र बायोलोजिकल-ई ले बनाएको कोर्बेभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो ।

यीसहित भारतले अहिलेसम्म आठ वटा खोपलाई अनुमति दिएको छ । जसमध्ये तीन वटा भारतमा बनेका हुन् । ओमिक्रोन भेरियन्टका कारण कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेको छ । अहिलेसम्म भारतमा एक अर्ब ४० करोड मात्रा कोभिड खोप लगाइएको छ । भारत सरकारले यो वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको छ, तर लक्ष्य प्राप्त नहुने देखिएको बीबीसीले जनाएको छ ।

भारतमा अहिलेसम्म ६२ प्रतिशत खोप लिनयोग्य नागरिकले पूर्ण मात्रा खोप पाएका छन् भने ९० प्रतिशतभन्दा बढीले कम्तीमा एक मात्रा खोप पाएका छन् । नयाँ अनुमति दिइएका खोपहरू बुस्टर मात्राका रूपमा प्रयोग हुने या नहुने अहिलेसम्म स्पस्ट छैन । भारतमा अन्य दुई खोप पनि परीक्षणको विभिन्न चरणमा रहेका छन् ।

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech