थप २६४ मा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १३ पुष २०७८, मंगलवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय ६० जना संक्रमित उपचारपछि निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ११ हजार ५ सय ८८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १० रहेको छ भने ९८ जना क्वारिन्टिनमा छन् ।

मंगलबार १२ हजार ५ सय ६६ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ८ हजार ५ सय ३६ जनाको पीसीआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार २ लाख ८३ हजार २ सय ६५ जनालाई कोरोनाविरुद्धको खोप दिइएको मन्त्रालयले जनाएको छ ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech