अमेरिकामा बालबालिका ओमिक्रोन संक्रमित

    • स्वास्थ्य पेज

  • १३ पुष २०७८, मंगलवार

नेपालगन्जः अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेपछि चिकित्सकहरुले सचेत रहन भनेका छन् ।

क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन थालेको भन्दै यस्तो चेतावनी दिइका हनु ।

डा।पैनका अनुसार अस्पताल भर्ना भएका बालबालिका कोरोना खोप नलगाएकाहरु रहेकाले खोप नलगाएका अन्य बालबालिका पनि ओमिक्रोनको शिकार हुनसक्ने चेतावनी दिनुभएको छ ।

उहाँले बालबालिकालाई छिटो भन्दा छिटो खोप लगाउन पनि सरकारलाई अपिल गर्नुभएको छ ।

क्यालिफोर्निया र न्युयोर्कका ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकाहरुमा खोकी लाग्ने, रुघा लाग्ने र ज्वरो आउने समस्या देखिएको छ । जुन ओमिक्रोन संक्रमणको लक्षण हो ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech