चिसोमा कोठा न्यानो पार्न यसरी बाल्नु पर्छ हिटर

    • स्वास्थ्य पेज

  • १२ पुष २०७८, सोमबार

नेपालगन्जः चिसो मौसममा कोठालाई न्यायो बनाउन हिटरको प्रयोग गर्ने गरिन्छ । अत्यधिक विद्युतीय हिटरको प्रयोगले विभिन्न खतरा निम्त्याउन सक्छ । लापरवाहीले हाम्रो ज्यान समेत जान सक्छ । हिटरकै कारण ज्यान गएका उदाहरण पनि हाम्रा सामु छन्।

हिटरले न्यायो पार्ने काम त गर्छ नै साथ साथै त्यसले बेफाइदा पनि गर्छ । हामीले हिटर बालेर बस्दा धेरै कुरामा ध्यान दिनुपर्छ । अझ स्वासप्रश्वासको समस्या भएका मानिसले हिटरको प्रयोग गर्दा धेरै नै ध्यान दिनुपर्छ । अथवा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । चिकित्किकाअनुसार स्वासप्रश्वाससम्बन्धी धेरै नै समस्या भएका बिरामीले हिटरको प्रयोग गर्नु त्यति फाइदाजनक मानिदैन ।

धेरै जस्तो हिटरहरुमा रातो र तातो धातुको डन्डी प्रयोग गरिएको हुन्छ । कोठाको तापक्रम बढाउनका लागी हिटरले तातो हावा बाहिर फाल्ने काम गर्दछ । तातो हावाले कोठामा रहेको चिसो हावालाई तातो हावामा परिणत गर्छ । हिटरबाट निस्कने तातो हावा सुख्खा हुने गर्दछ । साथै यी रुम हिटरहरुले हावामा रहेको अक्सीजनलाई जलाउने काम गर्दछ ।

हिटरबाट निस्कने हावाले हाम्रो शरीरको छालालाई डिहाइड्रेट गर्दछ । हिटरको कारणले धेरै मानिसलाई निद्रा नलाग्ने, टाउको दुख्ने समस्या देखा पर्दछ । हिटरको धेरै प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्याहरु पनि देखा पर्दछन् । हिटरबाट निस्केको केमिकलले हाम्रो श्वासको माध्यम हुदै हाम्रो शरीरभित्र प्रवेश गर्दछ । जसका कारण हाम्रो शरीरको भित्री भागमा यसले नोक्सान पुर्‍याउँछ । विशेषगरी यसले आस्थमा हुने वा एलर्जी समेत हुने गर्दछ ।

दम रोगका बिरामीहरुलाई हिटर बालेर बस्दा सबैभन्दा धेरै खतरा हुने गर्दछ । यदि तपाईमा श्वासप्रवासको समस्या छ भने हिटरबाट टाढा नै रहनु राम्रो मानिने चिकित्सकको सुझाव छ । यस बाहेक ब्रोन्काइटिस र पिनासका बिरामीहरुलाई यसले एलर्जी हुन सक्छ । यस्ता बिरामीहरुमा हिटरको हावाबाट फोक्सोमा कफ बन्न थाल्छ र खोकी र हाँछ्यु आउन थाल्छ ।

चिकित्सकका अनुसार यदि तपाईमा दम र एलर्जीको समस्या छ भने साधारण हिटरको ठाउँमा मट्टीतेल वाला हिटरको प्रयोग गर्नुपर्छ । यो हिटरमा तेलले भरिएको पाइप हुन्छ जसले गर्दा हावालाई सुख्खा हुन दिदैन । यदि तपाई हिटरको दिनहु प्रयोग गर्नुहुन्छ भने थोरै समयका लागी प्रयोग गरी हिटरलाई बन्द गर्नुहोस् । हिटरको धेरै प्रयोग गर्नाले बच्चाहरुमा पनि दमको समस्या देखा पर्न सक्छ ।

यति मात्र नभई खोकी लाग्ने , छाती दुख्ने छटपटी हुने र फोक्सोमा समेत यसले असर पुर्‍याउँछ। विशेषगरी हिटरले बच्चा र वृद्धवृद्धालाई असर गर्दछ । कोठा बन्द गरेर हिटर बाल्दा कोठाको अक्सीजन बल्छ र श्वास फेर्न गाह्रो हुन्छ । जसबाट ज्यान गुमाउने समेत जोखिम हुन्छ ।हिटरवाल्दा कोठामा झ्याल ढोका बन्द गरिनु हुँदैन ।

हिटरमात्र होइन जाडोमा न्यानो बनाउन आगो बाल्दा,ब्रिकेट बाल्दा झ्याल ढोका बन्द गरेर बाल्नु हुँदैन । कोठाभित्र प्रसस्त मात्रामा अक्सिजन छिर्न सक्नु पर्छ । त्यसैले हिटर,आगो, ब्रिकेट लगायत बाल्दा झ्याल वा ढोका खुला राख्नुपर्छ । पूर्व सावधानीले नै दुर्घटनाबाट जोगाउँछ ।

  • १२ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech