पारि ओमिक्रोन, वारी त्राससँगै सजगता पनि !

    • स्वास्थ्य पेज

  • १२ पुष २०७८, सोमबार

नेपालगन्जः कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितहरु नेपालमा पनि देखिन थालेका छन् । विशेषगरी भारतसँग जोडिएका नेपालका सीमावर्ति जिल्लामा यसको जोखिम देखिएको भन्दै सजगता अपनाउन थालिएको छ ।

दुई वर्ष अघि कोरोनाको हटस्पट बनेको बाँकेको नरैनापुरका स्थानीयबासी पनि अहिले निकै सचेत देखिएका छन् । यही सचेतनाका कारण नरैनापुरमा कोरोनाका संक्रमितहरु देखिएका छैनन् ।

मास्क लगाउने, सरसफाईमा ध्यान दिने र कोभिड विरुद्धको खोप लगाउनेजस्ता सजगता अपनाइएको स्थानीय राजेन्द्रप्रसाद पाठकले बताउनुभयो । नरैनापुरमा कोरोना महामारीबाट जोगिन स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

भाइरस संक्रमण नदेखिएपनि जोखिम भने कायमै रहेको प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरका डा सूर्यप्रकाश साहले बताउनुभयो । दैनिक १० हजार मानिसहरु आउजाउ गर्ने नेपालगन्जको जमुनाह नाकामा पनि कोरोना संक्रमितको संख्यामा कमी आएको देखिएको छ ।

पछिल्लो पटक नेपालगन्ज नाकामा ६६ हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्दा एक हजार पाँच सय जना पोजेटिभ देखिएका छन् । यसले संक्रमण दरमा कमी आएको देखिएपनि जोखिम भने कायमै रहेको देखिन्छ ।

  • १२ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech