बाँकेमा फेरि बढ्यो कोेरोना संक्रमितको संख्या

    • स्वास्थ्य पेज

  • १२ पुष २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५८ नमुना परीक्षण गर्दा थप सात जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा २९ नमुना जाँच्दा तीन र मेडिकल कलेज कोहलपुरमा २२ नमुना जाँच्दा चार जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्यावमा सातजनाको नमुना जाँच्दा कसैलाई पनि कोरोना देखिएन् ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका तीन जना रहेका छन् । दुई जना कोहलपुरका र एकजना जानकीका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार चार सय ९६ पुगेको छ ।

यस्तै एक जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ४२ पुगेको छ । बाँकेमा केही दिन देखि संक्रमण दर हवात्तै घटेको थियो । केही दिन कोरोना संक्रमित शून्य रहेको बाँकेमा फेरि बढेको छ ।

  • १२ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech