बाँकेमा थप चारजनामा कोभिड संक्रमण, तीन जना निको

    • स्वास्थ्य पेज

  • ११ पुष २०७८, आईतवार

नेपालगन्जः बाँकेमा थप चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९३ वटा नमुना परीक्षण गर्दा थप चारजनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १३ र मेडिकल कलेज कोहलपुुरमा ४२ नमुना परीक्षण गर्दा बाँकेका एकसहित चारजनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

बागेश्वरी प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन् । बाँकेमा कूल कोरोना संक्रमितको संख्या १८ हजार चारसय ९३ पुगेको छ ।

थप तीन जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ४१ पुगेको छ ।

  • ११ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech