भारतमा ६० वर्षभन्दा माथिका नागरिक र अग्रपङ्क्तिमा खटिनेलाई बुस्टर डोज

    • स्वास्थ्य पेज

  • ११ पुष २०७८, आईतवार

नेपालगन्जः भारतमा ६० वर्षभन्दा माथिका नागरिकले कोरोना भाइरस विरुद्धको बुस्टर डोज पाउने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै ६० वर्षभन्दा माथिका नागरिक, स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई बुस्टर डोज दिने बताउनु भएको हो ।

उहाँले सम्बोधनका क्रममा अग्रपङ्क्तिमा खटिने कर्मचारी, स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका नागरिकलाई प्रिकर्सन अर्थात सतर्कता डोज दिने बताउनु भएको हो । कोरोना विरुद्धको तेस्रो खोपलाई विश्वमा बुस्टर डोज भनिए पनि मोदीले भने प्रिकर्सन डोजको नाम दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुस्टर डोज आउँदो जनवरी १० तारिख अर्थात पुस २६ गतेदेखि दिइने छ । यस्तै, प्रधानमन्त्री मोदीले १५ वर्षदेखि १८ वर्षसम्मका किशोर किशोरीलाई पनि जनवरी ३ तारिखदेखि कोरोना विरुद्धको खोप दिइने बताउनु भएको छ ।

  • ११ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech