सिद्धार्थ अस्पतालमा आज स्त्री तथा प्रसुति र सर्जरीको ओपीडी सेवा निःशूल्क

    • स्वास्थ्य पेज

  • १० पुष २०७८, शनिबार

नेपालगन्ज: नेपालगन्जको गणेशमान चोकस्थित सिद्धार्थ अस्पतालमा आज दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले निःशूल्क ओपीडी सेवा दिने भएका छन् । स्त्री तथा प्रसुति र सर्जरीको ओपीडी सेवा निःशूल्क दिन लागेको अस्पतालले जनाएको छ ।

आज विहान ९ बजेदेखि अस्पतालमा महिलाहरुमा देखिने विभिन्न समस्या, पाठेघरको समस्या, सेतो पानी बग्ने, बाझोपन, पेट दुख्ने, महिनावारीमा समस्या तथा हाइड्रोसिल, हर्निया लगायत रोगको निःशूल्क जाँच तथा परामर्श सेवा प्रदान गरिने छ ।

स्त्री तथा प्रसुति सम्वन्धित सेवा भेरी अस्पताल नेपालगन्जका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.एलिश श्रेष्ठ र सर्जरी सेवा डा. हरिहर देवकाटाले प्रदान गर्नुहुने बताइएको छ ।

प्रत्येक शनिवार अन्य फरक फरक रोगको समस्याको निःशूल्क जाँच र परामर्श सेवा प्रदान गर्दै लैजाने अस्पतालको योजना छ । यसअघि गत साता अस्पतालमा हाडजोनी तथा नशा रोग र फिजिसियन सेवा निःशूल्क प्रदान गरिएको थियो ।

विशेषज्ञ चिकित्सकबाट निःशूल्क चेकजाँच र परामर्श दिइने भएकाले विरामीले गुणस्तरीय स्वास्थ्य सेवाको उपयोग गर्न पाउने अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.लक्ष्मण सिग्देल बताउँनुहुन्छ ।

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech